WHAT'S NEW?
Loading...

Chulachuli online Radio

Showing posts with label बिचार लेख. Show all posts
Showing posts with label बिचार लेख. Show all posts
प्रिय् खगेनदाई !
नमस्ते तपाईंलाई नपच्ला, त्यसैले आयातीत लाल अभिबादन !
दाइ र मेरो सम्बन्ध त्यस्तै हो जस्तो एउटा लेखक र पाठकको हुन्छ । दाइ आफ्ना सृजना मार्फत ढकमक्क फुल्ने म रोमाञ्चित भएर हेर्ने । दाइ निराशा र अन्धकारमय दिनहरुमा धिपिक्क बल्ने म पुतली जस्तो बत्तीको वरिपरि झुम्मिने । दाइ बोल्ने , म सुन्ने । दाइ लेख्ने, म पढ्ने । दाईका अक्षरहरु संगै म दुई दारीको पछि लागेर पर्बतका दलित गाउँ पुगेको छु । जिरी दमिनिका दुखहरु देखेको छु । आईतेका सपनाहरुसंग साक्षत्कार भएको छु । कुन्साङ काकासंग उभिएर सकेको प्रतिरोध गरेको छु । मार्टिन चौतारीमा दाईले बोल्दा थप्प्डी मारेको छु ।  इतिहासको कठघरामा उभिएर दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी जस्तो भएर दाजुले दिएको बयान पत्याएको छु ।

यी भए हिजोअस्ती, पोहोर परारका कुरा ! आज चाहिँ आफ्ना केही कुरा सुनाउन र दाईलाई पाठक बनाउने उदेश्यले आएको छु । सुदामाका घरमा श्रीकृष्ण आएर कनिका भान्सा गरेजस्तो यी दरिद्र शब्दहरू तपाईं शब्दबिरका अगाडी मलाई पस्किन अतिनै अफ्ट्यारो लागिरहेको छ । आशा गर्छु सुदामाका कनिका श्रीकृष्णले खाईदिए जस्तै तपाईंले एकपटक अबस्य पढिदिनु हुनेछ ।

दाइ म यता खाडीमा छु । खाडीमा भनेपछि तपाईंले कुरा बुझ्नुभयो होला । अस्तिन्ताका यहाँ खाडीको युएई भन्ने देशका राजाले एउटा नयाँ कानुन जारी गरे । तिनको नाम खलिफा हो । अगाडी लाग्ने सेख श्री ५ जस्तै हो । पछिल्लो बिन जायद भनेको जायदको छोरा हो । अल नयन भनेको तिनको कबिलाको नाम हो । पूरा नाम  सेख खलिफा बिन जायद अल नयन । ती खलिफा जो जायदका छोरा हुन र अल नयन कबिलाका सदस्य हुन तिनले  एउटा नयाँ कानुन जारी गर्दै हेट स्पिचलाई थप दण्डनिय बनाए । नयाँ कानुन अनुसार धर्म ,जात, समुदाय,देश लक्षित गरि घृणा फैलाउने अभिव्यक्ति दिएमा ३-१० बर्ष कैद र ५००००० हजार सम्मको जरिवानाको ब्यबास्था भयो । कसैको आस्था र पुजा गर्ने स्थान विरुद्ध बोल्नु दन्डनिय मानिएको छ । प्रत्येक्ष, अप्रत्यक्ष , अनलाइन , छापा कुनैपनी मंचबाट दिईने यस्ता घृणा फैलाउने अभिव्यक्ति अपराध नै हुनेछ भनेर किटान गरिएको छ ।

दाई ! यहाँनेर म आफ्नै उदाहरण दिएर प्रस्ट पार्न चहान्छु । म राष्ट्रियताले नेपाली , जातले ब्राह्मण, धर्मले हिन्दु , महादेशीय दृष्टिकोणले एसियायी , बर्णले कालो, कदले होचो । अब कसैले पनि मेरो राष्ट्रियता, जात,धर्म,वर्ण र पृष्ठभुमिलाई लिएर मेरो अथवा मेरा तत पहिचान विरुद्ध घृणा फैलाउने उदेश्यले अभिव्यक्ति दिन्छ भने त्यो स्थानीय कानुन अनुसार अपराध ठहर हुनेछ । अपराध प्रमाणित भए अपराधीले ३-१० बर्ष जेल र ५०,००० दिराम (करिब १४ लाख ) रुपैयाँ जरिवाना तिर्नु पर्ने छ । यसै प्रसंगमा  भर्खरै युएई आउनुभएका र यतै रहदा बस्दा पनि नयाँ कानुनी ब्यबस्था बारे अनबिज्ञ रहनु भएका सबै मित्रहरूलाई के भन्दी हालौं भने सामाजिक संजालहरुमा लेख्दा स्थानिय कानुनको हेक्का राख्दै संचेत रहनु होला ।

बिषयन्तर भएकोमा क्षमा गर्नुहोला दाजु ! पहिले नै भनिहाले म सुदामा लेखक हुं मेरो दरिद्रतालाई क्षमा गर्नुहोला ।
दाइ ! केही समय अघि झापाका एकजना प्रणामी संप्रदायका पुजारीले १४ बर्षिय किशोरीलाई लामो समयदेखि बलात्कार गर्दै गरेको समाचार सार्बजनिक भयो । तपाईंले पनि पढ्नु नै भयो होला । त्यसको अलिपछि झापा काकडभिट्टा कै एक लिम्बु थरका नातीले हजुरआमाको हत्या गरे । त्यो पनि पढ्नु भएकै होला । भर्खरै आएको अर्को एउटा समाचारमा एकजना राई थरका बाउले आफ्नै १८ बर्षे छोराको छुरा प्रहार गरी हत्या गरे । अझ ताजा ताजा समाचार त नवलपरासीमा एक दलितले अर्का दलित नाबालक कै मानव बली दिएर आफ्नो छोरा निको पार्न खोजे ।

मलाई थाहा छ दाइ दलितका हितैसी हुनुहुन्छ । दलित आन्दोलनको अगुवागिरी गरेर हिड्ने अभियान्ताको हैसियतले धेरथोर नैतिक दाईत्व लिएर यस्ता बीभत्स कुरिती र अन्धबिश्वास विरुद्ध दाइ दरै गरि झाक्री बस्नुहोला भन्ने लागेको थियो । तर यो पटक म चुंके कि दाइ चुक्नु भयो कुन्नी त्यसो भएन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको  धर्म निरपेक्ष अन्तरिम संबिधानलाई चुनौती दिदै उसैको आँखै अगाडी नाबालक रेटियो । नहुनु पर्ने दुर्भाग्य भयो । तर प्रश्न के भने दाइ यो नरबलीको राजनीतिक र नैतिक दाईत्व कस्को काँधमा? चिहानमा सुतेको मुर्दा हिन्दुराज्यको कि जिउँदो जाग्दो धर्म निरपेक्ष राज्यको काँधमा  ? ०४७ को मृत संबिधानको काँधमा कि धर्म निरपेक्ष ०६३ को अन्तरिम संबिधानको काँधमा दाइ ?

दाइले स्टाट्स बनाएर भकाभक दाईत्व मुर्दाका नाममा नामसारी गरिरहदा म तीन छक्क परेको छु । साधारणतय कुनैपनी कुराको नामसारी मरेकाहरुबाट जिउदाँ हरुमा हुनेगर्छ यो उल्टो यात्रा किन दाइ ?  यसको दाईत्व त तपाईंहरु जस्ता संबिधानमा चार अक्षर ,निरपेक्ष लेख्दा अग्रगामी छालाङ हानिन्छ भन्ने लेख्दै र व्याख्या गर्दै हिड्ने छालाङेहरुले लिनुपर्ने हैन र दाइ ? दाईले प्रश्न गर्नुभएको छ – तिमीहरुको माग ( हिन्दुराज्यको माग) पूरा भयो भने कतिजना बली चडाईने हुन ? म तपाईंलाई प्रश्न गर्छु दाइ धर्म निरपेक्ष राज्यले किन रोक्न सकेन नरबली  ? किन १७००० को बली दिईसकेपछी समाजमा नरबली अझैसम्म यथावत छ ? अब शाहबंश सरापेर सुईकुच्चा ठोक्ने दिन गए दाइ ! अब जवाफ दिने पालो तपाईंको पनि हो ।

खैर चुरो कुरो त्यो हैन दाइ । कुन्ठा , आक्रोश र अन्धबिश्वासले यी दु:खद घट्नाहरु घटे । ब्रम्हचार्य महापुरुष देखिनु पर्ने मनोबैज्ञानिक दबाब र सामाजिक/धार्मिक अपेक्षामा खरो उत्रन जबर्जस्त लुकाईएको पुजारीको योनकुण्ठा बिकृत तरिकाले बिस्फोट भयो । मलाई कता कता त्यो पुजारीको महापुरुष देखिनु पर्ने बाध्यत्मक परिबन्ध र दाईले उग्र क्रान्तिकारी देखिनु पर्ने बाध्यता उस्तै उस्तै लाग्छ । त्यसैले पुजारीको दमित कुण्ठित योनाबेग बिकृत तरिकाले बिस्फोट भएजस्तै उग्र क्रान्तिकारी देखिने दाईको मनोबैज्ञानिक दबाब र लालच हिजो स्टाटको रूपमा सामाजिक रुपमा अस्वीकार्य बाटोबाट निस्कियो ।

प्रिय् खगेन दाइ ! तपाईंको ब्याक्तीगत तहमा ओर्लिएर बिरोध गर्नु मेरो चिठीको उदेश्य हैन। म तपाईंलाई सामाजिक दर्पणमा एउटा डरलाग्दो दृश्य देखाउन चहान्छु । अब बाकी घट्ना तिर लागौं । लिम्बु युबकको दलित युबतीसंगको विवाह हजुरामालाई स्वीकार भएन । तब उनले बिरोध गरिन युबकले चिर्पटले हानेर ८० नाघेकी हजुरामाको हत्या गरे । यता राईले १८ बर्षे लाउलाउ खाउखाउ को किशोर छोराको हत्या गर्नुमा जाँड प्रमुख कारण भएर आईदियो । भने उता नरबली दिएर बालकको बीभत्स हत्यामा अन्धबिश्वास र तान्त्रिक अभ्यासको परम्परा रहेको पुष्टि भैसकेको छ ।

दाइ ! यी ज्यादै दु:खद घट्नाहरु हुन । दोषीलाई नयाँ संबिधानमा मृत्युदण्डको ब्यबस्था गरि झुन्ड्याईनु पर्छ भन्ने मेरो ब्याक्तीगत माग हो । तर त्यतिनै दु:खद र गैर जिम्मेवारी तरिकाले ती घट्नाहरुको साम्प्रदायिक करण गरि निश्चित जात , धर्म र समुदायका भावना , संबेदना र आत्मासम्मानमा प्रहार गर्ने निचताको हद निर्लज्जसंग सामाजिक संजालहरुबाट सार्बजनिक भए । यस्ता दु:खद घट्नाको घोडा चडेर  आफ्ना आफ्ना तुस, घृणा र एजेन्डाहरु छ्ताछुल्लसंग सामाजिक संजालमा पोखिए ।  घटनालाई आफुले घृणा गर्ने जात, धर्म र समुदायप्रति आक्रमण गर्ने अबसरको रुपमा दुरुपयोग गरियो ।

मलाई याद छ , हजुरआमा मार्ने युवकको समाचार मुनि कमेन्ट गर्दै एकजना मैनाली थरका पाठकले सजिलोसँग ” लिम्बुको बुद्धि ! ” भनेर लेखिदिए । मैले प्रोफाईल पल्टाएर हेरे त्रिभुवन बिश्वबिद्धालयबाट स्नातकोत्तर रहेछ्न । फेक आईडी पनि हैन । पुर्बान्चंलका ती मैनालीका थुप्रै लिम्बू साथीहरु पनि थिए । तिनले आफ्ना संजालका साथीहरूको भावना र आत्मासंम्मानको त ख्याल गरेनन् गरेनन् सिंगै सामाजिक सद्भाव विरुद्ध बोलीरहदा पनि पटक्कै जिम्मेवारी बोध गरेनन् ।
त्यस्तै एउटा पुजारीको घृणित दुश्कर्मलाई बहाना बनाएर थुप्रैले त्यो प्रणामी संप्रदाय विरुद्ध बिषबमन गरे । एक चाम्लिङ थरका पाठकले “यी सबै काँचो मासु खान पल्केको रैछ र पो पाकेको मासु नखाने रैछ भनेर प्वाक्क बोले । ”
उनी परिपक्व र भद्र जस्ता देखिन्थे । आफ्ना वालहरुमा छोरीलाई मर्मिक अर्तिहरु लेखेर छोडेका पनि थिए । उनले बलात्कार जस्तो संबेदनसिल घट्नामा पीडित बालिकाप्रती एकरत्ति सहानुभूति नदेखाई यो समाचारलाई कुनै निश्चित समुदायप्रति रहेको आफ्नो पुर्बाग्रह र घृणा ओकल्ने अबसरको रुपमा दुरुपयोग गरे ।

यी दुई जना सामाजिक संजालमा अहोरात्र साप्रदाईक घृणा फैलाउन कस्सिएर लागेका हजारौं प्रयोगकर्ताहरुका प्रतिनिधि पात्र हुन । नाक, जात, धर्म, वर्ण, भेषभुषा,भाषा, लिङ, स्थान विशेषका आधारमा आफू भन्दा इतरकालाई अपमानित गर्न चुच्के , थेप्चे, लिडे,कन्दने, सुंगुरे, काठा, टपरे, चिम्से, धोती, टोपी जस्ता न्वारान गरेर सिंगो समुदायलाई अपमानित गरिने अभ्यासले हाम्रो नजरमा अभिव्यक्ति स्वतन्त्रको दर्जा पाएको छ । तर यस्ता कुरा सभ्य र संबेदनसिल मुलुकमा हुने हो भने त्यो सामाजिक अपराधको रुपमा दण्निय हुनेथियो ।
यी उशृखल, अराजक र संबेदनाहिन प्रयोगकर्ताको कुरा छोडौ दाइ । तपाईं जस्तो ब्याक्तित्व पनि तिनीहरु भिडमा सामेल हुँदा यो आङ सिरिङ भएको छ । तपाईं सामाजिक उत्तरदाईत्व बोकेको मानिस । म लगायत धेरैले रोल मोडेलको रुपमा  स्वीकार गरेका लोकपि्रय स्तभकार । तपाईं यस्तो पुर्बाग्रही , उशृखल र साम्प्रदायिक हुन मिल्ला र दाजु ?

हामी खाडीले हानेको अग्रगामी छलाङ देखेर चकित पर्छौ दाइ ! यो पनि इस्लाम सापेक्ष देश हो । भर्खरै जुन कानुन ल्याईएको छ त्यो यहाँ अल्पसंख्यक समुदायको हितमा ल्याईएको कानुन हो । मेरो देश धर्म निरपेक्ष छ ,जहाँ नरबलीको दिइएको समाचारले हामी यहाँ लज्जित छौं । तर निरपेक्षताको वकालत गरेर कहिले नथाक्ने तपाईंमा लेसमात्रै पनि लज्जा देखिएन दाई । बरु उल्टै तपाईंले काँधको नैतिक जिम्मेवारी हुँदै नभएको हिन्दुराज्यलाई थमाएर पानी माथिको ओभानो हुने कोसिस गर्नुभयो । जुन सारै नै दुर्भाग्यपूर्ण छ दाइ ।
यति भन्दी कलम बन्द गरे दाइ ! बेल्चा समाउने हातले भाँती पुर्याएर लेख्न नजानेको भए क्षमाप्रार्थी छु ।
आज अत्यन्त खेदका साथ यो लेख लेख्दैछु र सोच्दैछु– यदि आज मैले यो लेखिनँ भने मेरो हजुरबुबा रामलाल गोल्छा– जसले यो देशमा पहिलो उद्योग खोलेर रोजगारी सिर्जना गर्दै औद्योगिक क्रान्तिको शुभारम्भ गर्नमात्र नभएर राणाकालीन नेपालमा प्रजातन्त्रको जग बसाल्न पनि त्यत्तिकै ठूलो योगदान गर्नुभएको थियो– उहाँले मलाई माथिबाट धिक्कार्नु हुनेछ ।

मलाई सधैं नेपाली हुनुमा गर्व छ र रहिरहनेछ । रातो चन्द्र–सूर्य आफ्नो छातीमा राख्न पाउँदा मलाई गर्व लाग्छ । विदेश भ्रमणमा जाँदा हरियो पासपोर्ट देखेर हेयको दृष्टिले हेरिंँदा मेरो पनि मन पोल्छ । गत मंगलबार साँझ राजधानीको एउटा रेस्टुरेन्टमा साथीहरूसँग भलाकुसारी गर्दैगर्दा भोगेको एउटा घटनाले भने अहिले मलाई भित्रभित्रै पोलिरहेको छ । त्यहाँ जब मैले अत्यन्तै सम्मान गर्ने एकजना वरिष्ठ व्यवसायी हामी बसेको टेबलतिर आइरहेको देखेंँ, म उहाँको सम्मानमा आफू बसेको कुर्सीबाट उठेँ र स्वागत गरेँ । तत्पश्चात उहाँले केही दिनअघि नेपाल उद्योग वाणिज्य महासंघमार्फत हामीले गरेको मुम्बई (भारत) को उच्चस्तरीय व्यापारिक भ्रमणबारे कुरा गर्दै भन्नुभयो, ‘मैले त हाम्रो राजदूतलाई भनिदिएँ– त्यस्तो भ्रमणमा नेपालीलाई पनि लगेको भए हुन्थ्यो ।’ 

मेरो मनमा चिसो पस्यो । तुरन्तै सोधें, ‘दाइ, त्यो भ्रमणमा त म पनि गएको थिएँ । के हामी नेपाली होइन र ?’ उहाँले सिधै जवाफ दिनुभयो, ‘मैले रगत नेपाली भनेको ।’ त्यो सुनेपछि मैले आजसम्म त्यत्रो इज्जत गरेको व्यक्तिप्रतिको सम्मानमा मात्र आँच आएन, मेरो मनमस्तिष्कमा एउटा प्रश्नसमेत तेर्सियो– यति सम्मानित व्यक्तिको मनमा त यस्तो भावना रहेछ भने अरुले पनि त यस्तै सोच्दा होलान् । त्यो घटनाले उब्जाएको सोचले गर्दा नै आज म आफ्नो जीवनको पहिलो लेख लेख्दैछु ।

काठमाडौंको गणबहालमा जन्मेको मैले आफ्नो बाल्यकाल सधैं वरिपरि छिमेकमा रहेका साथीहरूसँग बिताएँ । सानो हुँदा नै नेवार साथीहरूसँग नेवारी बोल्न सिक्ने प्रयास गरेंँ । प्राय: बोल्न खोज्दा साथीहरू हाँस्थे, तर तिनका बुबाहरूले स्याबास भन्दै पाँच पैसामा पाइने पीपी दिनुहुन्थ्यो । त्यो उपलब्धिसँगै मैले सो समुदायमा आफ्नो परिचय पाएको थिएँ ।

बुबा हुलासचन्द गोल्छा, जो नेपाली साहित्यमा अत्यन्तै रुचि राख्ने लेखक एवं कवि हुनुहुन्थ्यो, हामी सबै छोराछोरीले नेपालकै विद्यालयमा पढुन् र आफ्नो देशलाई अझै नजिकबाट चिनुन् भन्ने चाहनुहुन्थ्यो । त्यसैले मैले ललितपुरस्थित सेन्ट जेभियर्स स्कुलमा पढ्ने मौका पाएँ र त्यहींबाट एसएलसी उत्तीर्ण भएँ । उक्त स्कुलमा मैले थुप्रै साथीहरू पनि पाएँ । मलाई अझै सम्झना छ, कहिले म नेवार समुदायको साथीको घरमा गएर म्ह:पूजा गर्थें त कहिले कुनै बाहुन साथीको घरमा सेलरोटी चियामा चोबेर खान्थेँ । मैले जहिले पनि सबै स्थानमा आफ्नो अस्तित्व पाएँ । सबैले उत्तिकै माया र स्नेह दिए । आज पनि ती साथीहरू भेट्दा उत्तिकै खुसी लाग्छ र एकआपसमा झल्कने आत्मीयताले आफ्नोपनको आभास दिन्छ ।

युवावस्थामा उच्चशिक्षा हासिल गर्ने क्रममा भारतको नयाँदिल्लीमा पहिलोपटक आफ्नी जीवन संगिनीलाई भेटेंँ । प्रेममा पर्दैगर्दा कसैले पनि जात र देश सोधेर मनपराउँदो रहेनछ, मेरो पनि त्यस्तै भयो । अझै सम्झना छ मलाई, एकअर्कालाई मनपराएर हामी विवाह बन्धनमा गाँसियौं र नेपाल फर्केपछि मैले उनीलाई भनेको थिएँ, ‘अब तिमीले पनि यतैको नागरिकता लिनुपर्छ, उताको नागरिकता त्याग्नुपर्छ ।’ यो सुनेर उनी हाँसेकी थिइन् र पहिलो सातामै उनले आफूलाई सहर्ष नेपाली नागरिकमा परिणत गरेकी थिइन् ।

मैले थुप्रैपटक कसैले मेरो देशबारे नराम्रो शब्द प्रयोग गर्दा पाखुरा निमोठेर उससँग जोरी खोजेको छु । नेपाल घुम्नुपर्छ भन्दै हरेक वर्ष साथीहरूसँग ट्रेकिङ गर्ने बहानामा विभिन्न स्थानहरू पुगेको छु । देशमा रोजगारी सिर्जना गर्नसके विदेश पलायन हुँदै गरेका थुप्रै युवाहरूलाई आफ्नै देशमा मिहिनेत गरेर पसिना बगाउन प्रेरित गर्न सकिन्छ भन्ने मेरो बुबाको सोचलाई आत्मसात गरेर आज पनि रोजगारी सिर्जना गर्न लागिपरेको छु । आज मलाई नेपालकै सबैभन्दा ठूलो व्यापारिक घराना, जुन निजी क्षेत्रको तर्फबाट सबैभन्दा बढी (१८,००० भन्दा बढी व्यक्तिलाई) रोजगारी दिने संस्था हो, त्यसको सदस्य हुँ भन्न पाउँदा गर्व लाग्छ ।

मंगलबारको उक्त घटनापश्चात भोलिपल्टको पत्रिकामा देशको सबैभन्दा बढी कर तिर्ने संस्थाहरूमा आफ्ना तीन संस्थाहरूको नाम देख्दा मलाई हर्षका साथै सायद ती वरिष्ठ व्यवसायी दाइले पनि यो खबर पढ्नुभयो होला भन्ने विस्मात पनि एकैसाथ भएको थियो । विगत सय वर्षभन्दा बढीको इतिहास बोकेको व्यापारिक घरानाको सदस्य भएर देशकै ठूलो आँखा अस्पताल सञ्चालन गरिरहँदा मलाई आज ‘के हामीले नेपाली हुन अझै केही गर्नुपर्छ र’ भन्ने प्रश्नले पिरोलेको छ ।

केही दिनअघि मात्रै एसएलसीको परिणाम आउँदा हामीले आर्थिक सहयोग गरिरहेको सामाजिक अभियान ‘टिच फर नेपाल’ काशिशिर खनाल भाइले फोनमा ‘दाइ, हामीले पढाएको सरकारी स्कुलका विद्यार्थी पहिलोपटक ७८ प्रतिशत पास भएका छन्, हामी सबै नेपालीलाई बधाई छ’ भन्दै गर्दा भित्रैबाट खुसी भएर धन्यवाद भनेको पनि सम्झना आइरहेको छ । सोच्दैछु– शिशिर भाइले बधाई दिएका ती नेपालीहरूभित्र मचाहिँं परेंँ कि परिनँ !

अस्तिको घटनाले मलाई झकझक्याएको छ, नेपाली क्रिकेट खेलाडीले विश्वकप खेल्दै गर्दा मैले लगाएको त्यो नेपाली टिमको टिसर्ट फगत नाटकमात्रै हो भन्नेहरू पनि छन् कि भन्ने निकृष्ट सोच ममा पलाएको छ । देशमा भूकम्प जाँदा राहतको लागि के गर्न सकिन्छ भनेर दोस्रो दिनदेखि लागिपरेको पनि ढोंँग नै पो गरेको रहेछु कि भन्ने प्रश्न आफैंलाई तेर्साएको छु । सहयोग जुटाउने क्रममा आफ्नो व्यापारिक सम्बन्ध प्रयोग गर्दै बजाज अटोका मालिकलाई फोनमार्फत ‘हाम्रो देशलाई सहयोगको खाँचो छ, तपाईंहरूले सहयोग गर्नुपर्‍यो’ भनेर अनुरोध गर्दा उनले १६ करोड रुपैयाँ सहयोग गर्छु भन्दा खुसी भएको सम्झना अझै ताजा छ ।

यदि हामी सबैले आ–आफ्नो स्थानबाट एकअर्कालाई सम्मान र समभावले हेर्न र व्यवहार गर्न नसक्ने हो भने नयाँ संविधानको मस्यौदामा सामाजिक सद्भाव अनि नागरिकको समान हक–हितको कुरा गर्नु व्यर्थ हुनेछ । भूकम्प लगत्तै म बस्ने सीतापाइला, रामकोट क्षेत्रको भ्रमण गर्दा देखेको भयावह र दयनीय अवस्थाले मेरो मुटु पनि रोएको थियो । त्यहाँका स्थानीयहरूले हात जोडेर सहयोग माग्दा उनीहरूको हात समाएर मैले ‘नरुनुस्, सक्नेजति म गर्नेछु’ भनेर आफ्नो भान्छाबाट खाना पकाएर गाउँमा शिविर चलाउँदा कहिल्यै मानवताभन्दा अरु केही देखिनँ । मैले भूकम्पको बेला सिकेको पाठ भनेकै जोसुकै भए पनि, जति नै सम्पन्न वा विपन्न भए पनि, विपद्को बेला सबै एकै छानोमुनि अटाउनुपर्दो रहेछ । सबैभन्दा महत्त्वपूर्ण भनेको एकअर्काबीच रहेको सद्भाव नै रहेछ ।

मैले सानैदेखि रेडियो नेपालमा सुनेको र असाध्यै मनपराएको मबीबीशाहको गीत आज फेरि सम्झँदैछु :

‘म मरे पनि मलाई मेरो देशको माया छ,

यो छातीभरि मुरीका मुरी नेपालको माया छ,

म जन्मे जहाँ, म हुर्कें जहाँ त्यही आँगन 

प्यारो छ ।’

यो गीत सम्झँदै गर्दा मलाई यो पनि लागेको छ कि मेरो आफ्नो देशप्रति रहेको सम्मानभाव र प्रेमलाई एउटा सानो घटनाले विचलित बनाउन सक्दैन । म हिजो पनि आफ्नो कर्म गर्दै देशप्रतिको धर्म निर्वाह गर्दै अगाडि बढिरहेको थिएँ, भोलि पनि अगाडि बढी नै रहनेछु । तर त्यो दिन मेरा अग्रजले भनेको त्यो कुरा मजस्ता थुप्रैको संवेदनासँग गाँसिएकाले फेरि पनि सोध्न चाहन्छु, ‘मैले नेपाली हुन अरु के गर्नु पर्नेछ ?’
केशव भट्टराई

फेशनका नाममा नेपाली संस्कृति र परम्परा हराउने पो हो कि भन्ने चिन्ता बढिरहेका बेला हामीले रातो माटो र कमेरामा छन्द लेख्न सकौं । डोको, नाम्लो
र खर्पनले झारेका पसिनामा छन्दको सुगन्ध छर्न सकौं । अनि त हाम्रा कला, संस्कृति छन्द, लय र भाकाहरु मीठा हुनेछन्, सरसिला हुनेछन् ।
प्रार्तराष्ट्रमुपास्य धार्मिक दिशः सायम च संवेदनाम्
नित्यं घोषयति स्वदेश सुभगां साहित्य संगीतिकाम्
वन्ध्याम् मानव संहिताम् निगदति श्री लोकतन्त्राम् पराम्
जङ्घा काचन कञ्चना विलसिता यो तुङ्ग सञ्चारिका
काव्यास्यात्मा ध्वनी मुखरितः काकली रागबद्धो
छन्दो भिर्याे बहु यति गणैर्अंकितो वेद जन्मा
सोमे सन्ध्या समयविहितो मुच्र्छनाभी समेतो
जङ्घा श्री कञ्चन जनहितो छन्दसोयम् तरंग ।
झापाली कवि रोहिणी विलास लुइटेलका यीनै दुई पंक्ति सिर्जनालाई थालनीको बिन्दु बनाएर पूर्वेली श्रोतामाझ कर्णप्रिय बनिरहेको एउटा रेडियो कार्यक्रम हो ‘छन्दको तरंग’ ।
छन्द – पूर्वीय सभ्यताको एउटा अनुपम चिनारी । पूर्वीय दर्शनका रुपमा प्रतिष्ठित वेदले आफ्नो अभिन्न अंगका रुपमा स्वीकारेको साहित्यको विधान (सूत्र) पनि हो छन्द । यसभित्रको मिठास, लालित्य र सौन्दर्य सधैं सुमधुर छ । छन्द सुत्रले सृजनालाई श्रुतिमधुर र सरसिलो बनाइदिएको छ ।
यही छन्द विधान भित्र रहेर नेपाली कविताको आदिकालदेखि वर्तमानसम्म सर्जकहरुले आ–आफ्ना सृजना पस्किरहेका छन् ।
छन्दको महिमा र गहिराई विशाल छ । यसका जानकार र विद्वत स्रष्टाहरुले भनेका छन् – यदि पूर्वीय दर्शन र साहित्यभित्र छन्द थिएन भने आज नेपाली समाजमा ती पुस्तकहरु बिलाएर जान्थे । जनजनमा–मनमनमा श्रीमद्भागवत गीता, महाभारत र रामायणका श्लोकहरु कण्ठस्थ हुँदैनथे । हाम्रा बा–आमाहरुले भाका हालेर कृष्ण चरित्र, गुणरत्न माला आदि इत्यादी लयबद्ध पस्किन सक्दैनथे । यसै महत्वलाई आत्मसात गरेर प्रबन्ध निर्देशक चन्द्र भण्डारीको परिकल्पनामा तयार गरिएको कञ्चनजङ्घा एफएम ९२.६ मेगाहर्जको एउटा साहित्यिक अभियान हो कार्यक्रम छन्दको तरगं ।
साहित्यभित्रका नवरससँगै छन्दका मीठा भाका र लयहरुमा सिर्जनाका तरगंहरु प्रस्फुटित भइरहदाँ नेपाली कवितालाई अझ भनौं छन्द संस्कृतिलाई मन पराउनहेरु प्रफुल्लित अनुहारमा देखेको छु । कार्यक्रम प्रसारणको अविछिन्न यो यात्रामा कहिले नेपाली लोकभाकाहरुसँग भेट भएको छ, कहिले आधुनिक पुस्ताका कविहरुसँग संगितको नजदिक पुगेर सृजनालाई साहित्यिक मनसँग गाँस्न पुगिएको छ ।
पुराना पुस्ताका स्थापित स्रष्टा हुन् या नविन पुस्ताका नवोदित सर्जकहरु हुन् । यी सबैलाई यो साहित्यिक अभियान भित्र राखेर लेख्नेहरुमा उर्जा र प्रेरणा भरिदिएको छ । सर्जक र स्रष्टाहरुप्रति अगाध श्रद्धा र प्रेम बढाउने प्रयत्न पनि गरिएको छ । विशेषत ः पूर्वेली स्रष्टाहरुकै बीचमा छन्द कविता खोजिरहँदा तिनका रचनाहरुमा हामीले विविधता पाएका छौं ।
भूगोल, रहनसहन र सांस्कृतिक विविधताको सुगन्ध हामीले तिनका सृजनाहरुमा पाएका छौं । यसरी लयवद्ध पस्किएका कवि–कवयित्रीका सिर्जनाहरुले पश्चिमका साहित्यिक मनहरुसँग साइनो जोडेका छन् ।
पूर्वेली स्रष्टाका कविताहरुले छन्दको तरंगहरुमार्फत सिमानापारिका नेपाली मनसँग मित्रताको सन्देश छरेका छन् ।
छन्दका यिनै तरंगहरुमा खोजि गर्ने हो भने कहिलेकहिले हामी पाउने गर्छाै राजधानि काठमाडौमा बसेर महाकाव्य लेख्दै गर्दा पूर्वमा पाेिखएको कवि नवराज लम्सालको मन –
एकै देश अनेक जात थरमा राई र लिम्बू म हूँ
साँच्चै धीर धिमाल वीर बलियो कोचे र मेचे म हूँ ।
राज्यै छैन र राजवंशी भनिने त्यै राजवंशी म हुँ
गन्गाई र सतार पूर्वतिरका पूर्वीय थारु म हूँ ।
चन्डी पालम गाउँदै रस भरे कोशी तरे पश्चिम
सेतो सोलु पुगेर सेब्रु धुनमा चाखे हिमाली रंग ।
तोङ्वा तान्न र टोक्न टक्क सुकुटी कैले सिके खै कुनी
सल्लेरी हिँउ फाटमा सगरको माथा उभेको उनी ।
(शार्दुलविक्रिडित)
२०६५ श्रावण ६ गते सोमबार साँझबाट प्रसारण प्रारम्भ भएको कायत्र्रmम छन्दको तरगंले यी यात्राहरुमा सधंै सधंै सर्जक र सिर्जनाहरुमा छन्द संस्कृतिलाई खोजी गरिरह्यो । साप्ताहिक प्रस्तुतिहरुमा भेटिने सरसिला शब्द कोसेलीहरु रसपान गरिरहँदा कहिल्यै थकान महसुस भएन ।
कविता यसै पनि मिठा साहित्यप्रेमीका लागि । त्यसमाथि कवि हृदयले प्राकृतिक सम्पदालाई सम्बोधन गरी छन्दमा, भाकामा र लयमा राखिदिँदा सुनमा सुगन्ध । कवि रामप्रसाद ज्ञवाली कवितालाई छन्दसगँ जोडेर नविन पुस्तामा यसरी ऊर्जा भरिदिन्छन् –
बग्छन् कलकल छन्दमै नदनदी झर्ना र खोलीहरु
मिल्छन् पलपल छन्दमै रहरिला भाका र बोलीहरु
लठ्ठिन्छन् युवती युवा प्रणयमा सौन्दर्य नाना विनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
उड्छन् फुर्फुर बाग भित्र पुतली यै छन्द बाँचीकन
भाच्छन् कम्मर फनफनी मुजुरले यै छन्द नाँचिकन ।
क्वैली गीत सुनाउछे रहरले यै छन्दलाई चुनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
राती छन्द सुनाउँदै टिलपिले ताराहरु खुल्दछन्
हाँस्छन् चन्द्र मुसुक्क यौवन छरी यै छन्दमा झुल्दछन् ।
प्रेमी सूर्य प्रभातमा प्रणयले लालिन्छ सज्जा बनी
बढ्दैछन् रस छन्दमा कविहरु लाग्दा मिठो मोहनी
साहित्यिक फूलबारीमा पूर्वको मेची कम उर्वर छैन – जसरी पूर्वेली भाका र लयहरु जीवन्त छन् । गन्ती गर्र्दा हातका आलौहरुमा रहन सक्ने यो भूगोलका केही सर्जकहरु कवि हुने रहरमा मात्रै कहिल्यै अल्झिएनन् ।
उनीहरुले पूर्वीय संस्कृति र परम्पराको पर्याय बनेको पद्यमाला अर्थात् छन्दोबद्ध सिर्जनाहरुलाई आफ्ना साधनाको सुन्दर फूलबारीमा सजाएका छन् । वार्णिक र मातृक छन्द विधानमा बाँधिएर उनीहरुले भाषिक भ्रष्टचारलाई प्रोत्साहन पनि दिएका छैनन् । बरु दिएका छन् भने नविन पुस्तामा छन्द संस्कृतिको महिमालाई सम्प्रेषण गरेका छन् । जिब्रोमा झुण्डिरहने लोकछन्दका भाका र लयहरुलाई सधैंसधैं जागृत गराइरहेका छन् ।
मेरो निम्ति इलाम नै जगतमा अत्यन्त नै प्रेम छ ।
मेरो निम्ति इलामकै बहुमुखी कल्याणमा श्रेय छ ।
मेरो निम्ति इलाम जीवनभरि आराध्य श्रद्धेय छ ।
प्यारो जन्मथलो समुन्नत बनोस् मेरो यही ध्येय छ ।
कविता सिर्जना गर्नेहरुमध्ये अञ्चलकै श्रेष्ठ कवि गनिएका श्यामकृष्ण श्रेष्ठले आफू जन्मे हुर्केको, सृजना फलेको फुलाएको, पवित्र र सुन्दर भूमिप्रति यसरी आदरभाव प्रकट गरेका छन् – सरसिलो छन्द प्रस्तुती मार्फत ।
सुन्दर पहाडी भूगोल इलामाको सन्दर्भ धेरै कवि गीतकारहरुका सृजनामा प्रतिबिम्बित भएका छन् । अनेकौं कोणहरुबाट इलामको वर्णन गरिएको छ । कसैले जन्मभूमिका रुपमा गरेका छन् त कसैले श्रंगार भावमा सजाएका छन् ।
इलाममै ससुराली बनाएका कवि पुरुषोत्तम सिग्देल छन्दसुत्र भित्र प्यारो इलामलाई सालिको उपमा दिएर यसरी सन्देश प्रवाह गरिरहेका छन् ।
पैयू र चाँप वनझप्प खुलेर फुल्दा
बुट्टा नयाँ कति खुल्यो सुरुवाल कुर्ता
छन रेसमी रङ्गमिही वनका हजार
थुम्की पुटुक्क स्तन कस्छ चिया जुहार
तिम्रो वनान्त छ सकुन्तल केश रासी
माई सरोवर सुरम्य निधार माथी
पाथिभरा शिखर तोरण के सजाउँ
देवी गजुरमुखी यही कुन मुर्ति ल्याउँ ?
सिन्दुर ल्याउन मिलेर दीदि रिसानी
चोखी इलाम बस माइत कै निसानी ।
तिम्रो मनोरम जवानी युगान्त छाओस्
आगन्तुका मुटुकुना तिर कुत्कुत्याओस् ।
श्रीअन्तुमा रवी झुलुक्क यहाँ उदाए
तिम्रो निधार अनि अंग खुले सुहाए
आफैं तिमी प्रकृति सिर्जित दिव्य खानी
नौलो मिलेर उपहार इलाम नानी ।
(
प्राकृतिक सौन्दर्यलाई यसरी कवि हृदयले चहकिलो बनाइदिएका छन् । प्राकृतिक सौन्दय र सम्पदा मात्र होइन कवि श्रष्टाहरुले जीवन र जगतको परिभाषा पनि यीनै कविताहरुमा, यीनै छन्दहरुमा कोरेका छन् ।
छन्दसुत्रमा बाँधिएर अभिव्यक्ति प्रस्फुटित हुन पाउँदैन भन्नेहरुलाई गतिलो झापड दिँदै कवि रोहिणी विलास लुइँटेल मनुष्यको परिभाषा पञ्चचामर छन्दमा यसरी अभिव्यक्त गछर्न् –
स्वभावमा उदारता प्रशान्त चित्त चारुता
छ धर्मको विशालता विलक्षण प्रगाढता
न भोक शोकमा वृथा छ दानवीय शक्तता
भए यिनै चरित्र हुन् शुशिलका मनुष्यका
विवेकको अनन्तता मनुष्य भित्र भेटियोस
मनुष्य भेटियो भने सबै थकान मेटियोस
मनुष्य जाति निम्ती जो सधैं छ मर्न उद्यत
दिएर रित्तिदैन जो उनी मनुष्य सास्वत
यही छ स्वर्ग गाउँमा मनुष्य सङ्लिदा सबै
छ धर्मराजको सभा वरत्रमै जताजतै
शिवत्वको बुटि भए मनुष्य जाति जातमा
धरा अवस्य स्वर्ग यो हुने थियो प्रभातमा ।
यसरी एउटा छन्दभित्र आउने लय र भाकाका विविधता भित्र कवि सर्जकहरुले देश प्रेमलाई उजिल्याएका छन् । सामाजिक विकृति र विसङ्गतिप्रति तिखो व्यायमा प्रहार गरेका छन् ।
प्रजातन्त्र आएको यतिका वर्ष वितिसक्दा पनि आमजनमानसले अनुभूति गर्न नपाउँदाको पीडालाई दक्षिणी झापाका कवि विरही अधिकारी शार्दुलविक्रिडित छन्दमा यसरी पोखिन्छन् –
नारा कागज संविधानहरुमा आयो प्रजातन्त्र रे
काला कानून दासताहरु सबै जस्ताको तस्तै रहे
कैले देश चिमोटिएर नदीको पानी धमिलो भयो
सन्धीरे मत सन्धी जान्दिन सखे पक्कै नदी बेचियो
खाने गाँस कपास बास नहुनु के को प्रजातन्त हो
शिक्षा, स्वास्थ्य विहिन देख्छु जनता भोको र नाङ्गो छ यो
नारी मुक्ति भनेर फुक्छन् सधैं संचारका साधन
दिदी बहिनी विदेशमा खुरुखुरु बेच्दैछ कस्ले किन ?
(शार्दुलाविक्रिडित)
कवि स्रष्टाहरु यसरी आफ्ना सिर्जनाभित्र छन्दलाई सजाएर जनआवाज मुखरित गरिरहेका छन् । समाजलाई चित्रण गर्दै साहित्यिक आन्दोलन छेिडरहेका छन् ।
सामाजिक परिवेशमा भिजेर लेख्दै गरेका कवी सर्जकहरु स्वभावत रसिक पनि हुने गर्छन् । छन्दको तरङ्गको यो यात्रामा मैले धेरै रसिक कविहरुसँग भेटघाट गरेको छु । रसिक ढंगले प्रस्तुती राख्दै एउटै छन्दभित्र लयको विविधता पस्कने, श्रृंगारिक भावभङ्गी ल्याउने कविहरुपनि रमाइरहेका पाइन्छन् यो साहित्यिक फाँटमा । बेग्लै किसिमको भाका र शैलीमा कविता प्रस्तुती राख्ने इलामेली स्रष्टा हुन् देवी गौतम ।
मिठा छन् कविता कथा सरलता मिठो छ रे गुञ्जन
मिठा छन् अनि गीत गायन कला मिठै छ त्यो जीवन
मीठा छन् सुरिला गलाहरु पनि मिठो छ त्यो लैवरी
मिठा छन् वनकुञ्ज तिर्तिर तिरी झंकार त्यो बाँसुरी ।
इलामको पश्चिमी पाटोलाई छन्दसँग नाता जोड्ने मंगलबारेका देवी गौतम बाहेक फुयँतप्पाका झाँक्रीखोले, खोलाघरे साइँलो, धुसेनीका नवराज बर्देवा, चेतन अन्जानहरु सशक्त कविका रुपमा परिचित छन् ।
खोलाघरे साइलोको ‘सानो छन्द वाटिका’ नामक पुस्तक यसै कार्यक्रमको प्रेरणा हो भनेर स्वयम् लेखकले उल्लेख गरेका छन् । जुन पुस्तामा अलग अलग २७ वटा छन्द कविता समेटिएका छन् । छन्दमा कोरिएका सिर्जनाहरु प्राकृतिक सौन्दर्य वर्णनमा मात्र सिमित छैनन् । यी सिर्जनाहरुमा खबरदारी गरिएका छन् । शहिदका सपना कोरिएका छन् । जनतालाई जागृत गराइएका छन् । देश निर्माणका क्रममा नेतृत्वमा पुगेकाहरुको हत्या गरिएको तर हत्याको रहस्य अहिलेसम्म नखोलिएका घटनाक्रमलाई केलाएर कवि झाक्रिखोले यसरी कविता लेख्छन् ।
ढालिन्छन् सतिसाल मुक्ति युगका षड्माफिया चङ्गुल
मारिन्छन् अमरत्व साधकहरु डढ्र्दै गयो जंगल ।
सोझै हुर्किन पाउदैन हरियो आकाश ताक्ने वन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
काजी अम्मर भीम माथवर सिंह राजेश्वरी राज्ञ श्री
मारिन्छन् किन कृष्णलाल् लखन थापा, वान्तवा रत्न श्री
फालिन्छन् जीवराज श्री मदन जी मारे विरेन्द्राजन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
वर्षैा वर्ष बिते तथापी यिनको खुल्दैन हत्या भने
यस्तै क्रुर प्रवन्चनी खलहरु सन्जाल जागे भने ।
हत्यारा र रहस्य लुक्तछ सधैं खोइ वर्ग आन्दोलन
जीउदा लासहरु भिरेर पगरी के गर्दछन् शासन ?
इलामेली साहित्यकारहरुकै चर्चा गरिरहँदा – जो कार्यक्रमको छन्दको तरङ्गसँग निकै नजिक हुन पुगे स्वर्गीय बुद्धि घिमिरे । जसले साहित्य र व्याकरणमा निक्कै दख्खल राखेका थिए । यस्तै इन्द्रनारायण सुवेदी, खतिवडा चन्द्र शेखरका सिर्जनाहरु पनि कम सशक्त छैनन् ।
साहित्य र संगीतका लागि मलिलो इलामेली भुगोलमा अरु धेरै कवि कवयित्रीहरु छन् जसले छन्दोबद्ध अभियानलाई आ–आफ्नै ठाउँ विशेषबाट उर्जा प्रदान गरिरहेका छन् । कार्यक्रमको छन्दको तरङ्गसँग जोडिइरहेका छन् ।
साहित्य सिजृनाको यो क्रममा अग्रज सृष्टाहरुले छन्द विधान भित्रै समेटेर नविन पुस्तालाई पनि जन्म दिएका छन् । नेपाली साहित्यिक फाँटमा आशलाग्दा नवोदित लेखनिलाई प्रेरणा भरेका छन् ।
झापाली साहित्यिक गतिविधि मै सम्मोहित भएर कवितामा अब्बल प्रस्तुति राख्ने युवा श्रष्टाहरु थुप्रै छन् । छन्दलाई माया गरेर आफ्ना सिर्जना पस्कन सिपालु युवामध्ये एक हुन् चन्दग्रढीका सौरभ पोखरेल –
मजेत्रोले छोपी मुख घरीघरी रुन्छ कविता
छ खोलो आँशुको धुरुधुरु यहाँ रुन्छ कविता
कहाँ आफ्नै रातो रगत पिउनै सक्छ कविता
विचल्ली यो छन्दै लतपत भयो आज कविता ।
न ता लालि पुोख्यो सजलकविताले जगतमा
न ता बेच्यो वैशै सरल कविताले पतितमा ।
कविका आत्माले बिचलित हुँदै रुन्छ कविता
कहाँ सामन्तिका पतित दिलले छुन्छ कविता ।
(शिखरिणी)
जीवन भोगाइलाई कलात्मक प्रस्तुती दिएर रचनाहरुमा सन्देश प्रवाह गर्ने कवि हृदयका श्रृजनाहरु साँच्चै श्रुतिमधुर छन् । त्यसबाहेक लोक जनजीवनसँग गहिरो सम्बन्ध गाँस्ने सङ्गिनी, शिलोक र सवाईहरुले छन्द संस्कृतिको महिमालाई अझ धेरै सम्वद्र्धन गरिरहेको पाइन्छ ।
हाम्रा मेलापात, घरधन्दा, बनपाखा, देउराली र भञ्ज्यागंहरुमा सुिनने लोक गीतहरु हनु ् या आमा दिदीबहिनीहरुले शिलोकका रुपमा पस्कने रामायण, कृष्णचरित्र र गुणरत्न मालाका अनेकौं नीतिश्लोकहरु हुन् अथवा हाम्रा मौलीक पर्व र संस्कृतिहरुसँग जोडिएका अघिल्लो पुस्ताले औधी रुचाएको लोकभाकाहरु नै किन नहुन् ? यी सबै नेपाली सभ्यतासँग जोडिएका सम्पति र पहिचान हुन् , जसले छन्द महिमाको प्रचार गर्न उल्लेख्य साथ दिएका छन् –
लसमा लस मसला पिन्नु लोहोरी भए पो
लोहोरी भए पो मेरो लै लै लोहोरी भए पो
एकोरी माया म कति लाउनु दोहोरी भए पो ...
यी लोकभागाहरुले आजका दिनमा सीता ढुंगाना, मिरा कडरिया जस्ता धेरै प्रतिभाहरुको, सुमधुर गलाका धनीहरुको साथ पाइरहँदा जीवन्त बनेको छ हाम्रो मौलिक संस्कृति । गायन र संगीतमा साथ दिने अनि सिर्जनामा रमाउने सयौं सर्जकहरुले प्राण भरेका छन् कार्यक्रम छन्दको तरगको ।
सर्जकहरु कहिले यो माटो र देशलाई सम्झिएर सिर्जना कोर्छन्, कहिले सामाजिक विकृति र विसंगतिप्रति तिखो व्यङ्गय प्रहार गरिरहेका हुन्छन् । देश दुखेको बेला होस् अथवा खुशी साट्ने माध्यमकै रुपमा किन नहोस् यी सबैमा सृजना छन् र ती सृजना भित्र छन्दोवद्ध भाका र लयहरु सँगसँगै छन् । ज्वलन्त समसामयिक विषयमा प्रश्न तेस्राउँदै यूवा श्रष्टा एकु घिमिरे बसन्ततिलका छन्दमा यसरी लैख्छन् ।
दुःखी किसानहरुको किन पेट रित्तै ?
जालि छलीहरु बने किन ठालु छिट्टै ?
जसले परिश्रम गरी पसिना बगायो
निभ्दै छ के कति भई उसकै दियालो ।
यो भाग्य हो यदी भने किन हुन्छ यस्तो
कोर्छे की भावी पनि घुष लिएर जस्तो ?
सम्पूर्ण जीवहरु सन्तती देवताका
यस्तो भए किन फरक ? भन हे विधाता ।
पञ्चै बाजाको मौलिक धुन पृुष्ठभूमिमा राखेर आफ्नो साप्ताहिक प्रस्तुतीहरुमा सृजनाका सुन्दर कोशेली खोजी गरिरहँदा कवि सृष्टाहरु भने यसै कार्यक्रमलाई शिर्षक बनाइदिन्छन् । आधा दशक लामो रेिडयो कायत्र्रmम प्रशारणको यो यात्रामा दर्जन भन्दा बढि पध्य माला छन्दको शिर्षकमै पाइएको छ । छन्दको तरगं लाई परिचित गराउदै मोहनप्रसाद घिमिरे –
संगीत भर्दै भ्रमर पनि ती गाउँदै छन् कि ऐले ?
सुन्दै कर्णप्रिय ध्वनि मृगै, धाउँदैछन् कि ऐले ?
वैलिएका कुसुम लतिका भर्दिदैछन् ती रंग
कञ्चनजंघाबीच सुमधुरो छन्दको यो तरंग ।
छागाबाटै झरर झरना ओर्लिदैछन् की अहिले
क्वैली मिठो स्वरझिकी सबै कुर्लिदैछन् कि अहिले
मेची कोशी जलपरिहरु सुन्दछन् ली उमंग
कञ्चनजंघाबीच सुमधुरो छन्दको यो तरंग ।
छन्दका सयौं नामहरुका बीचमा धेरैजसो प्रचलित छन्दहरु नै कवि स्रष्टाका सिर्जनामा दोहोरिएका छन् । जाने सुकेनै छन्दहरु भित्र हामीले तिनका सृजनालाई पाइरहेका छौं ।
कार्यक्रमलाई नै सम्बोधन गरी कोरिएको कवि लुइटेलको रचनाको अर्को एउटा टुक्र ।
म सोमबार साँझमा लिएर बत्ती आउँछु
र नित्य सोम शितका सुधा म काव्य प्याउँछु
असंख्य चेतना छरी झरी म पर्छु निर्झर
म छन्दको तरंग हुँ प्रभात लालीमा घर
नयाँ पुस्ताले छन्द सस्ंकृितलाई स्वीकार्न सकेन , छन्द परम्परा हराउद ै गयो भनरे पर्वूको साहित्यिक फाटँमा चर्चा चलिरहदाँ प्रसारणका माध्यमबाट आरम्भ भएको यो अभियान छन्दको तरङ्गले दुर दराजका गाउँले सृष्टाहरुलाई समेत सम्बोधन गर्ने प्रयन्त गरेको छ ।
यीनै गाउँले श्रष्टा मध्येकी एक हुन् पाँचथर सुभाङ्गकी विद्या निदोर्षी । जसले छन्द भित्र सृंगारलाई आकषक ढंगले सजाउने गर्छिन् । साहित्यका नवरस मध्ये श्रंगारमा चुर्लुम्म डुबेर लेख्ने विद्याको लेखनी मात्र होइन प्रस्तुती पनि श्रुतिमधुर छ ।
हृदय भरी छ माया आउ मेरी पियारी
नयन भरी छ छायाँ आउ मेरी पियारी
मुख मलिन लजालु भावमा झट्ट आउ
पीर कति छ र मेरो दोष के हो बताउ ।
दिनहरु अझ उस्तै रात उस्तै छ आउ
मन वचन दुरुस्तै गाथ उस्तै छ आउ
विपरित तिमी बन्नु मा छ के लाभ ल्याउ
पीर कति छ र मेरो दोष के हो बताउ ।
सलसल गरी कालो कुन्तलै झल्मलाई
मृगनयन दुबैले प्रेम गर्दै मलाई
तिमी नजिक हुँदाको याद बोकेर ल्याउ
नगर अहम रानी हात मेरो समाउ ।
तिमी विन म जिएको व्यर्थ ठान्छु पियारी
नजर गर खुला यो छाती दिन्छु उघारी
अधरअधर खाउ स्नेहले मग्मगाउ
दुईतन भई एकै शुन्यतामा हराउँ ।
(मालिनी)
गद्य कविता, मुक्तक, हाइकु जस्ता प्रस्तुतिले कविता भित्र छन्द विधान कहि कतै ओझेलमा परेको हो कि भन्दै गर्दा प्रसारण प्रारम्भ भएको छन्दको तरङ्ग यात्रा एउटा साहित्यिक अभियानका रुपमा स्थापित भइसकेको छ भन्दा अत्युक्ति नहोला ।
छन्द सृजनामा रम्ने र रमाउनेहरुका लागि एउटा साहित्यिक छहारी बन्दै गरेको यो अभियान भित्र प्रारम्भ देखिनै नजिक रहने पूर्वेली स्रष्टा र सर्जकहरुको भूमिका, प्रतिक्रिया र सहभागिता अहम छ । समय यात्राकै दौरानमा अग्रज कवि श्रष्टाकै परिचय दिलाउने छन्दोबद्ध सिर्जनाहरु प्रशस्त भेटिएका छ्न । अग्रज साहित्यकार चुडामणि रेग्मीका बारेमा कवि मित्रप्रसाद दाहाल यसरी कवितात्मक व्याख्या गर्दछन् । –
श्री चूडामणि पूर्वका अति ठूला विद्वान प्राध्यापक
मोतीराम बनेर सिर्जन कला सद्भाव छर्दै खुब
नेपालीहरुका पुगेर घरमा साहित्य सत्चेतना
भर्दै लेखन शक्ति बौद्धिक कला उत्साह उत्प्रेरणा
हाम्रो मनस भित्र मित्रवत भै सौहार्द उब्जाउन
डो¥याई सबका पसि हृदयमा बिउझाउँदै हर्दन ।
सारै खप्पिस देखिने छ चुमरे सृष्टा र द्रष्टा हुँदा
मान्छौं आज सबै प्रफुल्ल मनले हामी सदा सर्वदा ।।
कायत्र्रmम छन्दको तरगं नेपाली भूगोल मात्र होइन पद्यमाला र सृजनाहरु मार्फत मेची पारीको भुगोललाई पनि बारम्बार सम्बोधन गरीरहेको छ ।
सृष्टा र सजृकहरु सिमानापारी पुगेर काव्यिक साहित्यको सुगन्ध छरिरहेका छन् । सिमा पारी पट्टीपनि नेपाली भाषिहरु बीचबाट थुप्रै थुप्रै छन्दबद्ध सृजनाको कोशेलिहरु फुलिरहेका छन् ।
पश्चिम बंगाल, आसाम, दार्जेलिङ्ग र सिक्किमका छन्दवादी कविहरु जागृत भएका छन् । श्रृजना, संगीत र प्रस्तुतीको त्रिवेणी बनेर बग्ने यो साहित्यिक यात्रामा, अभियानमा आसामका छविलाल उपाध्याय, डा. शिव आचार्य, डा. खेमराज नेपाल, सिक्किमका चक्रपाणी भट्टराई सहित धेरै श्रष्टाहरुले श्रृजना संप्रेसण गरेर दर्बिलो प्रेरणा भरेका छन् ।
पश्चिम बंगाल शिलिगुढीमा रहेर छन्दमै कलम चलाईरहेका लोकनाथ उपाध्याय चापागाँई विसङ्गतिलाई कविता भित्र यसरी केलाउछन् ।
नता सम्यताले कुनै गीत गायो
नता भब्यताले कतै मीत लायो
नता कल्पनाको सुधा मग्मगायो
यहाँ शब्दको साधना धर्मरायो ।
कतै क्रुरताको कथा छापिदैछ
कतै सौम्यतको चिता तापिदैछ
कतै न्यायको प्रकृया नापिदैछ
सधै शान्तिको जीवनी रापिदैछ ।
नता कल्पनाले कुनै दृष्टी पायो
नता चेतनाले कुनै अर्थ लायो
नता जिन्दगीको दियो मुस्कुरायो
जरा जिर्ण आस्था पुरै डग्मगायो ।
यसरी चाहे मेची वारी होस् यात मेची पारिनै किन नहोस् छन्द संस्कृति भित्र कविका श्रृजना मग्मगाई रहेका छन् । मेची किनारमा बसेर बर्षै देखि छन्दलाई माया गर्दै आएका कवि केशवराज खनाल सिमानाले छुट्याउन नसक्ने नेपाली संस्कृति र रहन–सहनलाई आप्mनो प्रस्तुतीमा यसरी सजाउँछन् ।
उच्चा आँट र धैर्य साहस लिदै सन्तान नेपालका
धेरै नै छरियौँ अवाद गर्दै आसाम वर्मा तक
पुग्दा पश्चिम नैनीताल सतलज नेपालकै सन्तती
बेशी फाँट पहाड जंगलभरी डेरा जमायौँ कति ।
फाँड्यौ जंगल गाई गोठ भरिए आसाम भूटानमा
वस्ती सुन्दर राख्न जंगलभरि आह्रा चलायौं तहाँ
काँटा, हम्मर, गैंती , झम्पल लिई बाटा बनायौ नयाँ
मैदानी अनि शैल समथर गर्यौं गर्थ्यौं चिया रोपण
यिनै र यस्तै काब्यिक कोशेलीहरुले, गीत संगीतहरले नेपाली मात्रको मनमनलाई जोडीदिएका छन् । यि काब्यिक सिर्जनाहरुमा धु्रव पाठक, तुलसा पाठक, गणेश बराल, पासाङ्ग डोमा शेर्पा, किशोर ढुङ्गाना, प्रकाश तामाङ्ग जस्ता संगीतकर्मीहरुले प्राण भरेको आभाष हुन्छ ।
सेतो पानामा सुतिरहेका जस्ता लाग्ने कविताहरुलाई छन्दले व्यूँताइदिन्छ । अनि व्यूँतिएका सिर्जनालाई संगीतमय प्रस्तुति राख्ने कलाकर्मीहरुले गति दिएका छन् । कार्यक्रम छन्दको तरङ्गको अबिरल यात्रामै मन्दाक्रान्त पर्याय बनेका झापाको श्रष्टा डिल्लीराज नेपालका कवितालाई हामीले सुनेका छौ । जस्ले एकै छन्दमा एक सय बढि कविताको पुस्तक प्रकाशन गरेका छन् ।

छन्दभित्र मिठास, लालित्य मात्र नभई दिखो ब्यङ्य प्रहार गर्न खप्पिस कोमल प्रसाद पोखरेल यहि अभियानको साथमा छन् । धेरैले सपनाको देश भन्ने गरेको अमेरीका पुगेर आएपछि कवि पोखरेल आप्mनो कवितामा यसरी अभिब्यक्त हुन्छन् ।
त्यहाँ देख्न पाईन्न मान्छे हिडेको
जथाभावी सम्साँझ टाउको गिडेको
यहाँ भैm धुलो सुँघ्न पाईन्न लेस
म फर्केर आए त्यसैले स्वदेश
त्यहाँ प्यून पाईन्छ पाइन्न मात्न
जथाभावि पाईन्न स्वास्नी समात्न
त्यही लोकतन्त्रे खडेरी बुझेर
म फर्केर आए यएस्से पुगेर
उता भोटमा नोट सटिन्न कत्ति
जहाँ ढाँटको खेत रोपिन्न रत्ति
यतै यी कुरा गर्न मिल्ने भएर
म फर्केर आए युएस्से पुगेर
यो साहित्यिक अभियानलाई दीर्घजीवन दिने सन्दर्भमा राष्ट्रकवि माधवप्रसाद घमिरे, वरिष्ठ साहित्यकार दाहाल यज्ञनिधि सहित सयौं स्रष्टा अनि प्रवासमा रहेर नेपाली भाषाको हेरचाह गरिरहने अग्रजहरुको प्रतिक्रिया र टिप्पणी अझ स्तुत्य छ ।
साथमा श्रष्टा र श्रजनालाई पुरस्कृत गर्न १ लाख रुपैँयाको अक्षयकोष स्थापना गरीदने झापाली साहित्यसेवी एवं समाजसेवी राम प्रसाद ढुङ्गाना प्रति हामी नतमस्तक छौ ।
जसका कारण २०६७ श्रावणमा मेची अंचलका १२ जना कवि कवयित्रीहरु पुरस्कृत एवं सम्मानित भैसकेका छन् । अनि यो उर्जा र प्रेरणा भर्ने कार्यको निरन्तरता आगामी बर्षहरुमा पनि भैरहने छ ।
कार्यक्रम छन्दको तरङ्गको विभिन्न श्रंखलाहरुमा साथ दिने सहयात्रीहरु पिनाकी कोईराला, खगीन्द्रा खुशी सहित सबै प्रति साधुवाद ।
जाती–भाषी र भूगोलको विविधता भित्र हाम्रा कला, सस्कृति, पहिचान र गौरवलाई सम्बर्धन गर्न सके यो मुलुकको चिनारी साच्चैँ जीवन्त राख्न सकिन्छ ।
फेशनका नाममा नेपाली संस्कृति र परम्परा हराउने पो हो कि भन्ने चिन्ता बढिरहेका बेला हामीले रातो माटो र कमेरामा छन्द लेख्न सकौं ।
डोको, नाम्लो, खर्पन र कोदालीले झारेका पसिनामा छन्दको सुगन्ध छर्न सकौं । अनि त हाम्रा कला, संस्कृति, छन्द, लय र भाकाहरु मीठा हुनेछन्, सरसिला हुनेछन् ।
नेपाली जनजिब्रोमा सधै सधै अमिट छाप भएर बसेको कर्णप्रिय काब्यिक कोशेली र छन्द चर्चा समेटीएको यो अभियान कार्यक्रम छन्दको तरङ्गलाई तपाई सर्जक र सुभेच्छुकको निरन्तर खाँचो छ जसरी कवि नेत्र प्रसाद दाहाल आप्mनो श्रृजनामा प्रष्फुटीत भएका छन् ।
म छन्दको तरंगमा सधैं सधैं रमाउँछु
म छन्दमै सधैंभरि कथाव्यथा सुनाउँछु
म छन्दकै हुँ साधकी म छन्द मन पराउँछु
छ यसमै मिठास लौ म छन्द गुन्गुनाउँछु ।
 प्रवीण बानियाँ
हामीकहाँ थुप्रै कवि खडा छन् । उनीहरू केही न केही लेखिरहेकै छन् । कोही कवितामा हीनताबोध, कुण्ठा र आक्रोश लेखिरहेका छन् । कोही राजनीतिक दर्शनको चस्मा लगाएर नारा र सिद्धान्तका बासी कुरा लेखिरहेका छन् । कोही मरन्च्याँसे तर्कना गाइरहेका छन्, कवितामा । अनि, कोही वैकल्पिक शक्ति र सौन्दर्यको खोजीमा फरक कविता पनि लेखिरहेका छन् । थाहा छैन, युवा कवि हेमप्रभास कविताको कुन बाटो हिँडेर यहाँसम्म आए र अब कुन बाटो हिँड्छन्, तर यसपटक उनी ‘गीतैगीतको गाउँ’ लिएर सहर पसेका छन् । उनको आगमन बडो रमाइलो छ ।

भाइभारदार प्रजावर्ग |९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो। त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश हुन गई के ठूला, के साना प्रायः सबैलाई ठूलो आपत् आइपरेको थियो।
भताभुङ्ग लथालिङ्ग भएका घरवास फेरि खडा गरी सबैले चाँडो विश्राम गर्न पाऊन् भन्ना निमित्त यहाँ चार भञ्ज्याङभित्र र पहाड मधेसको समेत जंगल खोलिदिइ दुनियाका निमित्त लखन रुपैयाको काठपात बेदाममा छोडियो।
ठाउँठाउँ भट्टा बनाई पोलाएको करोडन इट, गोदाममा मौजाद रहेको, हजारन लकडी, देशबाट झिकाएको टिन पाता किलाकाँटाहरू सरल मोलमा पाउने प्रबन्ध पनि भयो।
नेपालमा भएजति कालीगड पनि पहिले दुनियाका निमित्त छोडिए। भत्किई बिग्रिई खण्डहर सरह शून्य उदासलाग्दो भइरहेका सहर गाउँहरूमा ठाउँठाउँ थुप्रिरहेको र सडकको र दुनियाका नासिएका घरको माटोसमेत भर्ती कुल्ली राखी फ्याँक्न लगाइयो।
फण्ड खोली दिनहीन दुःखीहरूलाई त्यसबाट बक्स पाउने बन्दोवस्त पनि हुन गयो। सानाठूला सबैलाई एकै बाजी त्यस्तो ठूलो भूकम्पको मारबाट उठ्नलाई फण्डबाट मात्र नपुग्ने, थातवासको कुरा हुनाले पर्खिरहन पनि नहुने, दाम नभए सानोतिनो काम पनि टक्कै अड्कने, पुगिसरी आउनेहरूसँग पनि सबैका घरमा नगद महजुद नरहने खोजमेल गरुन् भने अर्कालाई पनि उस्तै परिरहेको, ऋण काढ्नातिर लागून् भने स्वार्थी सुदखोरहरू पहिले त्यस्तो अवस्थामा पत्यारै नगर्ने, पत्याइहाले भने पनि ऋणीलाई संकष्ट परेको मौका छोपी बेढव बढी व्याज घीउ खानी खोज्ने भई दुःखीहरूमाथि दुःख थपिन जान भई धेरैजसोलाई आर्थिक संकट पर्न जानाले शोचनीय अवस्थामा रहिरहनुपर्ने भएको देखिँदा तिनीहरूलाई त्यो संकटबाट उकास्ने महलवसरि बिना व्याजमा चार वर्षको भाखा गरी सापट दिनानिमित्त मोरु पचास लाख रुपैया पर सारियो त्यसमध्ये मोरु २९८२३१-६२ सापटीको रुपमा गयो।
यी सबै प्रम्बन्ध र मद्दतबाट भूकम्पपीडित सबैले उत्साह बढाई थोरै समयमा नै सुविस्तैसँग आफ्नो थातबास तयार गरी जहान बच्चा मालमत्ता थान्को लगाई आनन्दसँग बस्न पाई आफू अरु उद्योगधन्दातिर लाग्न पाए त्यति मात्र होइन, कसैले त साविक दुईतलेको तीनतले, तीन तलेको चारतले पुराना छाँटकाँटको ठाउँमा नयाँ छाँटकाँटको ठूलो र सुविस्ताको घर तयार गरेका छन्।
देवालय पाटी पौवाहरू पनि धेरै नै बने यति हुन गएकोले अ‍ैले देख्ने नया मानिसले हेर्दा नेपालमा भूकम्पको मार त्यत्तिको भएको थियो के त भनेजस्तो दृश्य प्रत्यक्षै देखिरहेछ। यतिसंम यति चाडो हुन सक्नु सानो सन्तोषको कुरा होइन। भूकम्पको त्यत्रो मारमा परेको नेपाल आफ्नै बलले फेरि यति चाँडो खडा भयो भन्ने कुरा छापामा छापिएको तिमीहरू सबैले देखे सुनेकै होलाऊ।
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु।
त्यो दैवी दुर्घटनामा भत्केका घर पर्खालले मिची अकाल मृत्यु भएकाहरूको आत्माको शानित र उद्धारको खातिर आफूले महाकाली किनारामा गरेको सहस्र गोदानको पुण्य अर्पण र सप्ताह लगाउने काम पनि भयो शास्त्रानुसार तिनीहरूको अवश्य उद्धार हुन गई तिन्को परत्र सुध्रन गएको हुनुपर्दछ दुर्गतिको लक्षण पनि केही कतै देखिदैन सुनिदैन।
आफ्ना इच्छाले श्रद्धा गरी अर्पण गर्न ल्याएको द्रव्य यस काममा उठेको फण्डमा राखिदिने बन्दोबस्त भएकोले कुल जम्मा मोरु १०७४६१३-७९ नोटकंरु २७३३१।।.।।३ आएको हो त्यसमध्ये नानी नानी कमान्डर इनचीफ जनरल पद्मशंशेर जंग–राणा र नानी फ.क.ज. मोहनसंशेर जंग राणा प्रवृत्ति ६ जना (फ.क.ज. बबरसंशेर, द.क.ज. केसरसंशेर, ज. सिंहसंशेर, ज. कृष्णसंशेर, ज. शंकरसंशेर) हाम्रा भतिजाहरूतर्फबाट र सीताभवन महारानी भाउजू औ हामी र हाम्रा बडामहारानीबाट गरी दश लाख चालीस हजार मोरु जम्मा हुन आयो, विदेशमा रहेका नेपाली र नेपालमा रहेका गुरुपुरोहित भारदार दुनियाबाट र नेपालमा रहेका विदेशीहरूबाट गरी मोरु ३४९१३।७९ नोटकंरु ४२९४।। चन्दा आएको थियो।
स्नेहले विशेष सहानुभूति प्रकट गरी बृटिश जापानी हिन्दुस्थानी सज्जनहरूले पनि नोटकंरु २३०३७।२।।३ पठाएका थिए । सो आएको जम्मै दाम फण्डमा जम्मा हुन गएको छ।
यो फण्डबाट यहाँ नेपाल खाल्डाका र पहाडका समेत अकिञ्चन दीनदुःखीहरूलाई जिल्लाजिल्ला गाउँगाउँसम्म डोर पठाई अन्न बस्त्र बाँड्ने, ब्यु मासिएकालाई ब्यु दिने, दुनियादारको भत्केको घर छाप्रो कटेरा बनाउनलाई दाम दिने माटो मिल्काइदिने इत्यादि काममा गरी जम्मा मोरु ५४४४।६८ नोट कंरु ३८४२।।। खर्च भइसकेको छ।
सोबाहेक भूकम्पले भत्केको बिग्रेका देवदेवालय पाटी पौवाहरूको जीर्णोद्धारको खर्च, भूकम्पोद्धारसम्बन्धी काम गर्नालाई नया थप भएका कामदार कारिन्दाहरूको तलब मसलन्द रेलभाडामा भएको खर्च अधी फण्डतर्फबाट भइरहेको थियो तापनि तिमीहरूलाई मद्दत र सुविस्ता होओस् भन्ने मनसायले सो खर्च पनि सरकारतर्फबाटै गर्ने बन्दोबस्त मिलाएकाले अब फण्डपट्टी नोट कंपनीको पनि मोहरै गरी जम्मा मोरु ५६०९५६। बाकि रहने गराई सापटीवाला तिमी दुनियाहरूलाई पाटीमा सोधभनी  गरिदिने बन्दोबस्त गरिएको छ।
प्यारा प्रजा हो
यस्तो दैवी चोट हामीलाई मात्र परिआएको होइन, कालचक्रको हेरफेरले अन्तअन्त पनि परेको सुनिएकै छ। त्यस्तो परि आउँदा त्यहाँका वासिन्दाहरूले धैर्यधारण गरी दुःखबाट शिक्षा लिई उद्योगधन्दातिर झन् मन बढाई आफ्नो आँत र मेहनतको जोरले ती अघिभन्दा बलिया भई निस्कने गर्दछन्।
यही नेपालमा पनि शक्ति सिंहदेवका पालामा भूकम्पको उत्पात् भएको थियो भन्ने इतिहासको लेख देखिन्छ। त्यत्तिको टाढाको के कुरा सय वर्ष अगाडि १८९० सालमा पनि यस्तै उत्पात्ले धेरै धनजन घर देवालय सहरको नास गरेको रहेछ।
त्यसबेला ती भूकम्पले पछारिएका प्रजाहरू केवल आफ्नै आँट र उद्योगका जोरले फेरि उक्सिएका थिए भन्ने पनि बुझिन आउँछ। यी कुराहरूले सदा सर्वदा उद्योगमा दत्तचित्त भई प्रजा प्राणीहरूले आफ्नो जीवन सुजीवन बनाउँछु र स्वावलम्बी भई आफ्नो देशको उन्नति गर्नु असल मार्ग हो भन्ने देखाइरहेको छ।
दैवी विपत् परी हानिनोक्सानी भएमा सो हानिको पूर्तिको लक्ष्य गरी विशेष परिश्रम लगाई उद्योग गर्नतिर नलागे अघिका परिस्थितिसम्म पुग्न पनि गाह्रो हुने हुन्छ । उद्योगधन्दाको ख्याल सुखमा भन्दा दुःखको अवस्थामा हुने गर्छ।
सांसारिक जीवनमा सँधै सुखको दिन मात्र आइरहँदैन केहीले कस्तै परि आउँदछ, कहिले कस्तै मुलुकमा लडाइँभिडाइको काम परि आयो भने अवस्था अनुसार जस्तो परिआउँदा सो बेहोरी मिठोमसिनोको ख्याल छोडी स्वास्थ्यलाई हानि नगर्ने रुख्खासुख्खा सादा चीज जो पाइन्छ, त्यो पनि आधा पेट खाएर निर्वाह गरी जुन काम गर्नाले आफ्नो मुलुकको परिस्थिति सप्रने र आफ्नो तरफको भलाइ पनि हुने हुन्छ, त्यतैतिर ती मुलुकका प्रजाहरू लाग्ने गर्छन् जस्तो लडाइँ भिँडाइ, उस्तै देशमा परिआएको दैवी दुर्घटना पनि दैवी लडाइँजस्तो हो।
अकस्मात् त्यस्तो दैवी परिआएपछि घरबास तयारी गरी जहानबच्चाको थान्को लगाउनामा दत्तचित्त भएझैं तिमीहरूले क्षतिपूर्तितिर जाँगर बढाई उद्योगधन्दामा लागी मितव्ययीको बानी बसाली सकेसम्म चाँडो स्वावलम्बी हुने, धन्दामा पनि दत्तचित्त हुने बेला थियो।
अवस्थाअनुसार खस्रोधस्रो लगाई रुख वा सुख्खा खाईकन पनि निर्वाह चलाई, सौखिनी फजुल खर्च घटाई, खेतीवालाले अन्नको उब्जा बढाउने, एक बाली हुनेमा २-३ लगाउने र बढी दाम आउने वस्तु पैदा गर्ने, कपडा बुन्नेले बढी कपडा बुनी तयार गरी सो तयार भएका मालको प्रचार बढाउने, गाइवस्तु पाल्नेले त्यसतर्फको उन्नतिमा लाग्ने, व्यापारीहरूले व्यापार बढाउने, शिल्पकार कालिगडहरूले शिल्प र कालिगडी काम तर्फ विशेष यत्त्र पुर्याउने, यस्तै अरु जजस्को जुनजुन काम छ उसमा हौसला बढाई परिश्रम साथ उद्योगधन्दातिर लागे त्यसबाट बढी आर्जन गरेको धनले आफ्नो निर्वाह चलाई थोडबहुत जो सकिन्छ साँच्दै जन सकिने भई देशमा उद्योग बढे देशको पैसा देशैमा रहने र अरु तरहबाट आफ्नो भलाई साथसार्थ देशको पनि भलाई हुने कुरा जानेबुझेकै होलाऊ, नजान्ने  नबुझ्नेले पनि जान्नुबुझ्नु योग्य छ।
यही मितव्यायी हुने स्वावलम्बी हुने तरफ अर्थात् चाहिँदो बाज्जी मात्र खर्च गर्ने र, आफ्नो भरमा आफू उभ्भिन सक्ने सद्रुणतर्फ हाम्रा प्यारा प्रजाको चित्त आकर्षण गर्नखातिर भूकम्पपछि कुनै बेजरुरी देखिएको वस्तु देशदेशान्तरबाट आउनै बन्द गर्ने, कुनै अनावश्यक वस्तुमा भन्सार बढाउने, कुनै आवश्यक वस्तुमा घटाउने गरेको र, उद्योगपरिषद् स्थापन र स्वदेशी चीजको प्रदर्शनी आदिको प्रबन्ध गरी बाटो देखाउने उपाय पनि भएको हो।
विचार गर, मुलुकको उन्नति र अवनति त्यहाँका बासिन्दा प्रत्येकको आत्मीक बलको उन्नति र अवनतिसँग सम्बन्ध राख्तछ, उन्नतिको चाहना कस्लाई हुँदैन। देशकाल अवस्था र आफ्नो हविगत इत्यादि कुराको विचारको ठीक तौल पु्र्याई उपातिर लाग्नुपर्छ।
टाढासम्म विचारको नजर अगाडि फैलाई, धैर्य र जाँगर दुई हातमा लिई उपाय उद्योगतिर लागेपछि गरेअनुसार अवश्य केही न केही फाइदा नभई रहँदैन । यिनै कुरा मौका परेमा तिमीहरूलाई बराबर सम्झाई बोध गराउने।
कोसिस गर्दै रहेको हुँ मुलुकको बहत्तरी प्रजालाई सुख कसरी हुन सक्ला भन्ने ध्यानमा हामी निरन्तर लागिरहेको तिमीहरूले देखेजानेकै होलाऊ । सो सापट गएको रुपैयाँको म्याद पुगेपछि संस्थाको शोधभर्ना आउनुपर्नेमा कतिले बुझाई पनि सके, बुझाउन बाँकी राख्नेलाई ऐले वर्षा
र खेतिपातिको काम पर्न गएकाले कार्तिकसम्मको म्याद पनि फेरि थप गरिएको छ। सो म्यादसम्ममा पनि शोध बुझाउन नल्याएको पक्षमा सो सापटको रुपमा गएको रुपैया लिखतबमोजिम धितो लेखिएको घरबाटै उपर गर्ने कुरा तम्सुकैमा लेखिएको र, आम इस्तिहार समेत भई राखेका हुनाले त्यही घर पक्री लिलाम गर्न केही बाधा थिएन।
त्यसो गर्दा भत्केको घर सबैलाई एकैचोटि तयार गर्नुपरेको पर्खेर विस्तार गर्ने अवसर नभएकोले कालिगढको र अरु ज्यालादारीको महगीले बढी खर्च पर्न गए पनि आफ्नो थातवास चाँडो जोरी बस्नालाई पुरानो आफ्नो सामानसमेत काम लाग्नेजति काममा लगाई ती घरहरूमा तिनीहरूको निजायति धन पनि केही न केही कसेको परेको होला, त्यस्तो घर लिलाम हुन जाँदा तिनीहरूको मन कल्पनातीत कुरा त छँदैछ, लिलाम लिनेले भरसक किफायतैमा हात लाउन खोज्ने भई तिनबाट सुफत मोल नपाइने स्वभावै हुनाले जेनकेन गरी बल्लबल्ल उभ्याएको वासस्थान काम दाममा अर्काको हातमा पर्न जाने भई ती घरवालाहरू फेरि विनास्थानका हुन जाने छाँट देखिन आयो।
कोही कोहीले ता सोही घर साहूलाई भोगबन्धक दिने गरी कर्जा लिई शोध बुझाउन ल्याएका छन् भन्ने पनि सुनिन्छ, धितो लेखिए घर सर्कारैमा भोगबन्धक राखिने गरी भने पनि दुवैथरीलाई पछिसम्मको टन्टा छुट्ने भएन।
फेरि प्रजाहरूको बासको सुख पनि तिनीहरूका हातमा हुने भएन। ब्यांकबाट कर्जा मिल्ने प्रबन्ध हुन गएमा पनि ऋणमाथि झन् ब्याज थपिँदै जाने भयो । भाखा पाए तिर्ने थियौं भन्ने यस्तो भनाइ पनि सुनियो।
के चार वर्षको भाखा कम थियो र ? त्यो चार वर्षको ब्याज सयकडा पाँचका दर्ले मात्र दिनुपरेको भए पनि कति तिनुर्पे भइसक्ने थियो, आफैं हिसाप गरी हेर, यी सबै कुरा परिस्थिति र ऋणीहरूको अवस्था विचार गरी हेर्दा सर्कारको हारगुहारबाट तनमनधन लगाई प्रजाहरूले ऐले पाइरहेको विश्रामको सुख सपना जस्तो मात्र हुने भई पहिलो भूकम्पको घाउ परिँदा नपुरिँदा तिनीहरूले फेर दोस्रो दुःखको अवस्थाको अनुभव गर्नुपर्ने होल भन्ने छाँट देखिन लाग्यो।
हेर, सर्कार र दुनियाको सम्बन्ध बाबुछोराको जसतै हो, त्यति मात्र होइन, शरीरमा साना ठूला हरेक अंगप्रत्यंग बेग्लाबेग्लै रहेको छता पनि ती सबै मिली एक शरीर एक ज्यान बनेको छ।
शरीरभर फिजिने ज्ञान शक्तिको मूल कामानी शिरमा रहेको छ। त्यतैबाट शरीरका सारा अवयवहरूको सञ्चालन हुने हुनाले शिरलाई ‘उत्तमांग’ अंगप्रत्यंगमा जो सुखदुःख पर्दछ, त्यो शिरले र शिरमा जे पर्दछ त्यो अंगप्रत्यंगले अनुभव गर्दछ उसमा पनि कुनै अंगमा चोटपटक लाग्न जाँदा त्यसका साथसाथ अरु अंगले पनि केही न केही दुःख अनुभव नगरी रहन्न भन्ने सबै अंगसँग सम्बन्ध राख्ने उत्तमांगमा त झन् विशेष मात्रामा असर पुग्न जान्छ भन्ने स्पष्टै छ जस्तो शरीरको उत्तमांग शिर, उस्तै प्रजाहरूका उत्तमांग सर्कार हुन्।
अर्थात् राज्यका अंगप्रत्यंग प्रजाहरू र उत्तमांग सर्कार बनिरहेका छन्। ती सबै मिली एक शरीर एकज्यू भएको हुन्छ । सरकारलाई परेको सुख दुःखमा प्रजाले र प्रजालाई परेको सुखदुःखमा सर्कारले सहानुभूति देखाई सहयोग गर्नु स्वाभाविक हुनुपन्र्यै कुरा हो।
सरकारलाई पनि प्रजातर्फको फिकर मात्र होइन कि सरकार्रले खुद बनाउनुपर्ने दर्बार सर्कारि या घर अड्डअस्पताल असवावघर धरहरा नया बाटो ठाउँठाउँका पाटी पौवा पुराना शिल्पस्थान देवालय इत्यादि जगैदेखि बनाउनुपर्ने जीर्णोदार कारिन्दाहरूको तलबमसलन्द रेलभाडा बाटा खर्चसमेत गरी सयका लाठी एकको बोझ भने झैं त्यसतर्फ पनि सर्कारलाई बोझ कम परेको छैन, अझ पनि खर्च बराबर हुँदैछ तापनि हार्दिक भावभक्ति राखी सर्कारको कल्याण चिताई आफ्ना परिश्रमको जोरले स्वदेशको कल्याणतिर लागिरहेका पुत्रवत् प्रजामा यी विशेषगरी यस्तै ठूलो दुर्घटना परेमा हार्दिक स्नेहसाथ हुन सकेसम्म हारगुहार गरी रक्षा गर्नु सर्कारको कर्तव्यै हो, सोहीअनुसार त्यो भयानक भूकम्पमा तिमी प्रजाहरूको उद्धार निमित्त सकभर गरी अघि यही ठाउँमा ‘यस अवस्थामा मैले गर्नुपर्ने गरिरहेको छु अब पनि गरी हुनेसम्म गर्नामा बाकी राख्ने छैन’ भनेको तिमीहरूले सम्झीराखेकै होलाऊ।
यी सबै कुराको ख्याल साथसाथै संस्थाका ऋणी प्रजाहरूले सो ऋणको खातिर चिन्ता लिइरहेका छन् भन्ने सुनिए बुझिएको र तिनीहरूले ऋण लिएको दाम अकार्थमा लाएको नभई अघि भनेबमोजिम जुन कामका निमित्त लिएको छ सोही स्ववासी घर वास खडा गर्नेमा लगाएको, सो लगाउँदा भएको खर्चको दाम पनि आफ्नै सहबासी कालिगढ ज्यामी आदि प्रजामा फिजिन गएको समेत सबै कुराको ख्याल राखी यो पटक आफ्ना प्यारा प्रजालाई चिन्ता र संटबाट पार गराउने उद्देश्यले यो भूकम्पोद्धार संस्था तर्फबाट तमसुक गराई सापट गएको २९८२३१६.६२ मध्ये फण्डको जगेराबाट भर्ना हुने मोरु ५६०९५६ कटाई बाँकी मोरु २४२१३६०.६२ जम्मै तिमीहरूको सुखशान्तिको खातिर माफी गरिदिएको छु।
कोहीकोही जंगी निजामति जागिरदार रजौटाप्रोहितहरूले तम्सुक लेखी संस्थातर्फबाट सापट लिएको रुपैयाँ कसैले आफ्ना जागिरबाट कटट गराई कसैले आफ्नै घरघरानाबाट ल्याई बुझाइसकेका छन्। ती जागिरदारमध्ये धेरै ऐले पनि जागीरैमा बहाल छन् तापनि तिनीहरूले सोधभर्ना गर्नालाई आधा पेटमा गुजारा गर्नु परेको पनि सम्झीराखेकै छु। घरघर माटाका चुला भनेजस्तो सानालाई सानै, ठूलालाई ठूलै चोट परेको छ । सुख दुःखको वेदना सबैलाई उही हो।
त्यसौ हुनाले तिनीहरूले चार वर्षको भाखामा सोध बुझाउने कवुल गरी तम्सुक लेखी संस्थाबाट लिएको सापटी सोध भई आइसकेको भए पनि फिर्ता गरिदिने प्रबन्ध हुनेछ। आजसम्म अरु जुन जुन सज्जनहरूले आफ्नै परिश्रमको कमाइले होओस् वा साहु काडेर होस् सोध बुझाउन ल्याएका छन्, तिनलाई पनि यो बुझाएको दाम फिर्ता लिदने बन्दोबस्त हुने छ। पाउने छौं खातिर जामासँग सुखशान्तिपूर्वक विश्रम गरुन । ईश्वरमा धर्ममा र सरकारमा अटल रही उद्योग बढाई सुजीवन गराउँदै रहुन् ।
यो भूकम्पोद्धार सम्बन्धी सुरुदेखि आखिरतक हरेक विषयमा आडरबमोजिमको आफ्ना आफ्ना कामकाममा नानी कम्पाउन्डर इन चीफ पश्चिमतर्फ का कम्पाउन्डिङ जनरल लगायत हाम्रा भाइछोराहरूबाट र नायव बडागुरुज्यू भाइभारदार अफिसर कर्मचारीबाट औ स्वयंसेवकहरूबाट पनि परिश्रम र तन्देही साथ काम भई चांडो सन्तोष मिल्ने बाटो बन्न गएकाले पल्टनीय जवानहरू र पुलिहरूलाई एक लाख इनाम र विशेष काम गर्नेहरूलाई धन्यवाद नेकीपत्र मानपत्र तक्माहरू समेत अघो बाँडी कृतज्ञता पनि प्रकट गरिसकिएकै छ। ती राम्रो काम गर्नेहरूलाई समाप्तिको यो अवसरमा पनि फेरि धन्यवाद गर्दछु।
(तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाले १९९० सालमा गएको भूकम्पपछि देशवासीका नाममा गरेको सम्बोधन)
परिआएको दुःख धैर्यबलले सम्हाली हुन सकेसम्मको उपाय गर्नु संकटबाट पार हुने बाटो हुनाले पहिलो अवस्थामा पुरिएका मानिसलाई खनी खोस्री झिक्ने, बचाउने, घाइतेहरूलाई औषधिको प्रबन्ध गर्ने, निराश्रय र निर्वस्त्र भई अलपत्र  परेकालाई अन्न, बस्त्र, कम्बल दिने, बस्ने ठाउँ नपाई रहेकालाई पाल्न छाप्रो टहरो बाँस रबर टिन पाता इत्यादि पुर्याई दिने, नपाइरहेकालाई पाल छाप्रो टहरो बाँस खर टिन पाता इत्यादि पुर्याइदिने, पुरिएका धनमाल उकासी भत्केका घरको मानमत्ता रक्षा गरिदिने समेत झटपट हुनुपर्ने, काम पल्टन समेत लगाई चाहिने कुराको हारगुहार सहायता इत्यादि जेजे काम भएको थियो सबैलाई थाहै छ।
                                                                                         
                                                                                                                            अमृता थेबे

अहिले न्यायका लागि मिलापत्र बनाउनेदेखि अदालत
जानेसम्म चलन छ। उहिले भने
कचहरी बसी ढुंगा
गाडेर न्याय दिलाउने गरिन्थ्यो। आदिम सभ्यताको न्यायिक
कार्यमा ढुंगाको उपस्थिति लिम्बू जातिमा आजसम्म
पनि भेट्ने गरिन्छ।
प्रसंग Valentine's Day प्रणय-दिवसको 
---------------------------------------------KIRAN T. LIMBU
ईसा पुर्व (AD 496) ५वौं शताब्दी कालमा रोमका राजा Claudius II कट्टर क्रिश्चियन राजा थिए | उनको साम्राज्य कालमा Saint.Valentinus नामक चर्चका एक पादरी थिए | जसलाई रोमका सिपाहीको क्रिस्चियन संग विवाह गर्न नपाईने प्रथा हुँदा पनि उनले सिपाहीको विवाहको लागी पादरी काम गरे वापत जेलमा थुनिए | त्यस पश्चात 14 February AD 496 को दिन उनलाई मारियो |  क्रिस्चियन धर्ममा पादरीले विवाह गर्नु पनि पाईन्न | St. Valentines  लाई मृत्यु दण्ड दिने अन्तिम दिन जेलरको छोरी Julia जो जन्मैले अन्धी थिईन | उनको बाबु जेलर Asterius ले छोरीलाई अन्तम पल्ट St.Valentinus संग क्रिस्च्यानिटी बारे केहि बुझाउने र बोल्ने समय दिईयो |कारण  St. Valentines  ले उनी जेलमा हुँदाखेरि Julia लाई अन्धी भए पनि
नरेन्द्र पराशर


न्डै-झन्डै लोपोन्मुख अवस्थामा पुगिसकेको छन्दोबद्ध कवितालेखन पचासको दशकपछि पुनः जाग्रत भएर आएको देखिन्छ । वास्तवमा छन्दभित्र लुकेको दिव्य मोहनीले पाठकको हृदयलाई झंकृत गर्ने अनौठो सामथ्र्य राख्छ । छन्दोबद्ध कविताको सबैभन्दा सवल पक्ष भनेकै यसको सिंगो पाठलाई धेरै दिनसम्म जस्ताको तस्तै कण्ठ पारेर राख्न सकिन्छ जो गद्य कविताको हकमा निकै कठिन वा असम्भव हुने गर्छ । एउटा प्राणसम्पन्न छन्द कविता रचना गर्नका लागि कविमा विशाल हृदयाकाश, सोही प्रकारको शब्दभण्डार, गहिरो जीवनबोध, दीर्घ साधना, उपल्लोकोटिको काव्यचैतन्यको आवश्यकता पर्छ । अक्षर गनेको भरले मात्र तयार पारिएका छन्द कविता कुनै पनि हालतमा दीर्घजीवी हुन सक्दैनन् । साथै, एकै बसाइमा तयार भएका भनिएका छन्द कविता सोही प्रकारले एकै वाचनपछि समाप्त हुन सक्ने
 मागको महिना ।। त्यो कठयाङ्गृने जाडो ।। मकर नुहाउनै पर्ने ।।आछु आछु ।।हल्का मात्रै नुहायेको स्मरण😋 खल्तिमा हल्का डो जम्मा गरेर कहिले साइकल मा त कहिले तोरिको गेडो पनि नअट्ने गरिको भिड बसमा झुन्डिएर गरेको यात्रा केर्खा देखि माइधार सम्म।।ती रमाइला पल त्यो मकर मेला त्यो माइ खोला त्यो बेलाको युबस्था।।। दिन भरी वारि र पारी ।।कहिले सर्कस त कैले नाटक कहिले फिल्म त कहिले जादु हेर्दै माइ मेला भरेको हिजो जस्तै लाग्छ......मन्दिरमा दर्सन अनि प्रसाद किनमेल रात साझ पख घरमा फर्किदाको पल खै आज।।।समयले नेटो काटेछ।।परिस्थिति ले टाढा बनाएको अबस्था ....... फेरि पनि सम्झना.......
मकरशक्रान्तिको सबै सबै मित्र बन्धुहरुमा हार्दिक झुम नाथ राष्ट्र बादी शुभकामना ..
                                                                       
 झुम नाथ राष्ट्र बादी
एकातिर आफू यहाँ साहुको काममा कच कच सहनु परेको परिस्थिति ,अर्को तिर फोन गरेर माघेसङ्ग्रग्रान्ति कसरी मानिदै छ त भनेर सोधपुछ गर्दा त जवाफ यस्तो पो आउँछ ......! आफुले नि रोप्न सकिएन,रोप्दा नि भनेको बेला पानी झर्दैन आकाश बाट ,तरुल फलाउन सकिएन ! तेहि भएर तरुल खोज्न बन जङ्गलमा गएको जङ्ल त सबै डडेलोले खाएको रहेछ
धेरै मध्यमवर्गीय नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकालेर सरकारी जागिर खाने । नेपालमा निजामती सेवाको बढ्दो आकर्षणसँगै लोकसेवामा प्रतिष्पर्धा झन्–झन् कठिन हुँदै गएको छ । लोकसेवा आयोगले यस वर्ष माग गरेको ४६५ शाखा अधिकृतका लागि बिसौं हजारले आवेदन दिइसकेका छन् । त्यसैगरी उपसचिवका लागि पनि परीक्षा चलिरहेको छ । सेवा प्रवेशका लागि योग्य बन्न हजारौं युवायुवती ट्युसन,कोचिङलगायत स्वअध्ययनसहित मिहिनेत गरिरहेका छन् । तर,लोकसेवामा नाम निकाल्न सजिलो छैन,सानोतिनो तपस्या नै गर्नुपर्छ यसमा नाम निकाल्न । निरन्तरको मेहनतका साथ धैर्य र आत्मबल पनि चाहिने भुक्तभोगीहरुको धारणा छ । यसै सन्दर्भमा लोकसेवा टपर तथा हालका वन तथा भूसंरक्षण मन्त्रालयका सहसचिव किरणराज शर्माले लोकसेवा परीक्षामा सफल बन्ने केही टिप्स बाँडेका छन् |